महोत्तरी । जर्मनी नागरिक तथा खोजकर्ता गुड्रुन कर्विन्सले १९८५ मा पत्ता लगाएको महोत्तरी स्थित पाटुको मध्य पाषण युगको हतियार कारखानाको बिषय यतिवेला चर्चाको शिखरमा छ । पत्ता लगाएको ३८ वर्षसम्म पनि गुमनाम रहेको उक्त कारखानाको विषयमा समाचार बाहिर ल्याए पछी धेरै स्थानियहरुको थप कौतहुलको विषय बनेको हो ।
रातु नदीको वरपर रातो माटोमुनी २५ देखि ३० सेन्टिमिटर उत्तखनन गरेपछी सजिलै भेटिएका हजारौ हतियारहरुको अनुसन्धान पछी कर्विन्स मध्य पाषण युगको अवसेष भएको निष्कर्षमा पुगेकी थिइन् । गहिरो अध्ययन पछी ढुंगे युगमा पाटुमा देखिएको मानव चहलपहललाई कर्विन्सले बिस्वलाइ बताए तापनी गृह ठाउँमा भने त्यस्को खासै चर्चा हुन सकेको थिएन । कर्विन्सले पत्ता लगाएको उक्त हतियार कारखानाको बिषयमा केही लेखक तथा खोजकर्ताहरुले चर्चा त गरे तर त्यस्को उचित प्रचार प्रसार हुन नै सकेकाे छैन ।
गृह ठाउँ बर्दिबास नगरपालिकाले पनि कर्विन्सले पत्ता लगाएको उक्त ठाउँलाई विश्व सम्पदा सुचिमा राख्न पहल गर्ने वताएको छ । बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले मध्य पाषण युगको यो हतियार कारखाना बर्दिबासको लागी महत्वपूर्ण रहेकाले थप प्रचारप्रसार र अनुसन्धानमा जुटने वताए । खोज, अनुसन्धान गर्नेहरुका लागी मात्र हैन पर्यटकिय हिसावले समेत यो ठाउँ उत्कृष्ट वन्ने भन्दै बर्दिबास नगरपालिकाको पर्यटन तथा सास्कृतिक समिति आन्तरिक गृहकार्यमा जुटेको छ ।
सरोकारवालाहरुसगँ बैठक बसी उक्त हतियार कारखानाका अवशेषहरुलाइ कसरी संरक्षण र संग्रहित गर्ने भन्नेतर्फ छलफल भैइरहेको पर्यटन बोर्डका सदस्य नारायण घिमिरेले वताए । कर्विन्सले पत्ता लगाएको उक्त १० हजार वर्ष अगाडीको हतियार कारखाना भनिएको पाटुका बिषयमा थुप्रै रहस्यहरु उदघाटित भएका छन । कर्विन्सले सन २००७ मा प्रिहिज्टोरिक कल्चर्स इन नेपाल´ भन्ने किताब प्रकाशन गरे पछि पाटुमा मध्यपाषण युगको हतियार कारखाना रहेको तथ्य त सार्वजनिक भयो तर उनी थप सुधार गरेर उक्त किताब निकाल्न चाहान्थिन ।
उनी महोत्तरीको पाटु र दाङ-देउखुरीको १० वर्षको अध्ययन गरेपछी भारतको पुनेमा फर्किन । किन कि उन्को विवाह भारतिय नागरिकसगँ भएको थियो । भारतमा समेत लामो समय यस्तै बिषयमा अध्यण गरेकी कर्विन्सलाइ गोली हानेर हत्या गरेको वताइएको छ । उन्लाइ किन मारियो भन्ने बिषय अझै रहस्यमय छ यदपी भारतिय सरकारले समेत उन्को हत्यालाइ गम्भिरतापुर्वक लिएन ।
हुन त कर्विन्सले लेखेको उक्त किताव पछि ईतिहास लेख्ने इतिहासकार तथा अन्वेषकहरुले आफ्ना कितावहरुमा कर्विन्सले पत्ता लगाएको पाटुको विषयमा चर्चा गरेका छन् । सन् २००७ मा नै प्रकाशन गरिएको महोत्तरीको ईतिहास नामक राकेश चौधरीको कितावमा पनि हतियार कारखानाको बिषयमा उल्लेख गरिएको छ । यसैलाई आधारित बनाएर कतिपयले त बाक्लै लेखहरु समेत प्रकाशित गरेका छन् । लेखक तथा पत्रकार कमल मादेनले पनि पाटुको प्राग ऐतिहासिक बिषय र मानव सभ्यताको बिषयमा एउटा लेख प्रकाशन गरेका छन् ।
अझ रहस्यमय त कँहानिर छ भने कर्विन्सले ३८ वर्ष पहिला खोज र अनुसन्धान गर्दा स्थानियहरुको सहयोगसमेत नलिएको पाइएको छ । उन्ले पाल टागेर जंगलमा नै लामो समय अनुसन्धानमा जुटेको वताएता पनी कर्विन्स आएको सम्झनामा नरहेको स्थानियहरु वताउँछन । पाटुमा रहेको श्री जनजागृत माध्यामिक विद्यालयका शिक्षकहरुसगँ भने सम्पर्क रहेको पाइएको छ । यहि बिषयमा लामो समयदेखी थप अनुसन्धानमा जुटेका केदार कोइराला कर्विन्सको सम्पर्क प्राज्ञिक व्यक्तिहरुसगँ मात्र रहेको वताउँछन् ।
मध्य पाषण युगमा मानव सभ्यताको ईतिहास बोकेको पाटुको बिषयमा मधेश भने बेखवर छ । नेपाल खोज केन्द्रले समेत पाटुको बिषयमा कर्विन्सले गरेको खोजको केही निष्कर्ष निकाले तापनी स्थलगत अध्ययनको अभावमा त्यो खासै प्रभावकारी हुन सकेन । कर्विन्सको जिवनीमा आधारित रहेर तयार गरिएको एउटा लेख अनुसार राष्ट्रिय अनुसन्धान केन्द्र छाउनीमा भने पाटुमा भेटिएका अवशेषहरुलाइ संग्रहित गरेको उल्लेख गरिएको छ । रातु नदिको वरपर ठुलो मात्रामा फेला परेका ढुंगाका हतियार र केही हड्डीहरुले १० हजार बर्ष पहिला पाटुमा मानवको ठुलो चहलपहल रहेको पुष्टि गरेको छ ।
कर्विन्सले फेला पारेको हजारौ हतियारहरु यत्रतत्र भेटिनुले वरपर तत्कालिन समयमा वाक्लै मानव चहलपहल रहेको अनुमान लगाउन सकिन्छ । अब पाटुलाई सरोकारवालाहरुले थप खोजीको विषय वनाएर राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा पाटुलाइ अध्यण केन्द्र बनाउनुपर्नेमा स्थानियहरुको समेत माग रहेको छ ।
प्रतिक्रिया