काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रवक्ता सोम सापकोटाले संघको आगामी महाधिवेसनका लागि उपमहासचिवमा उम्मेदवारी दिने भएका छन् ।
आउँदो कार्यकालमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको सापकोटाले बताए । काठमाडौंमा एक कार्यक्रमकाबीच छिट्टै आफ्नो प्रतिवद्दतासहित उम्मेदवारी घोषणा गर्ने सापकोटाले बताए ।
एनआरएनएमा सम्भावना बोकेका र क्षमता भएका नेताको रुपमा सापकोटा चिनिन्छन् । उनी एनआरएनए अभियानमा विभिन्न जिम्मेवारीमा रहेर सफलतापूर्वक आईसीसी सह कोषाध्यक्ष र प्रवक्ता भैसकेका छन् ।
प्रतिक्रिया