Logo

मुख्य समाचार

सिरियामा आइएसको एक समूहद्वारा सेनाको बसमा आक्रामण, २० सैनिकको मृत्यु



दमासकस । सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू बोकेको बसमा आक्रमण गरेको बताएका छन् ।  सो आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

आक्रमण इस्लामिक स्टेट (आईएस) समूहका सदस्यहरूले गराएको अनुमान गरिएको छ । सिरियाका केही भागहरूमा आइएस स्लीपर सेलहरूले २०१९ मा पराजित भए पनि अझै पनि घातक आक्रमणहरू गरिरहेका छन् ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इराकसँग सीमा जोडिएको देर अल जोर प्रान्तको पूर्वी सहर मायादिन नजिकैको मरुभूमि सडकमा भएको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु भएको र १० जना घाइते भएको बताएको छ ।

पूर्वी सिरियामा समाचार कभर गर्ने अर्को कार्यकर्ता समूहले २० सैनिक मारिएको र धेरै घाइते भएको बताएको छ। यस आक्रमणमा सिरियाली सेना वा सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ०७ बजे