Logo

मुख्य समाचार

कांग्रेस सांसद सुनिल शर्माका पक्षमा देखिए एमाले अध्यक्ष ओली


२६ श्रावण २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन् ।

कांग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको आरोप लगाएका अध्यक्ष ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन कांग्रेस सांसदहरु संसद बैठकमा उठ्न थालेको बताए ।

‘यो सुन तस्करी काण्डमा प्रतिपक्ष बोल्छ भनेर सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि महाभारतको युद्धमा अस्वस्थामा बोलेपछि त्यही गर्छ, अहिले सत्तापक्ष हामीले उठेर बोल्न थालेपछि सबै उठेर नगरा बजाएर त्यो सत्य उजागर होला भनेझैं पहिला बोल्दै दिँदैन । व्यवधान गर्छ,’ उनले भने ।

अध्यक्ष ओलीले भारतले पनि सुन प्रकरणबारे गम्भिर प्रश्न उठाएको बताएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ४७ बजे