काठमाडौँ । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थुनामुक्त गरेको छ । जिल्ला अदालत काठमाडौँले शर्मालाई रिहा गर्ने आदेश दिएसँगै सिआईबीले छाडेको हो ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई सीआईबीले बिहीबार उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो । शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो ।
प्रतिक्रिया