Logo

Breaking News 1

अल्पमतले संसद बन्धक बनाउन पाइँदैन : जितेन्द्र देव


२६ श्रावण २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसदको अवरोधको विरोध जनाएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनको भनाइ छ ।

‘प्रतिपक्षी दलको संसद हो आफ्ना कुरा राख्न । तर, बन्धक बनाउन होइन, लामो समय अवरुद्ध गर्न होइन,’ उनले भने, ‘सरकार पनि बहुमतले बनाउँछ । संसद पनि बहुमतले नै चल्छ । अल्पमतले बन्धक बनाउन पाइँदैन ।’

संगठित अपराध अन्त्यका लागि गृहमन्त्री र अर्थमन्त्री लाग्दा विरोध गर्न नहुने भन्दै उनले सीआईबीको अनुसन्धानलाई विश्वास नगरी विरोध गरेको देख्दा शंका उठेको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १२ : ०३ बजे