Logo

Breaking News 1

कांग्रेस सांसद सुनील शर्मा पक्राउ


२५ श्रावण २०८०, बिहिबार  

92
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनी पक्राउ परेका हुन् ।

मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद उनी पक्राउ परेका विषयमा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

‘केही दिनदेखी सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनील शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन् ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै एकजुट भएका हुन् ?,’ सिवाकोटीले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ५ : ०७ बजे