काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई समूहबीच विवाद भएको छ । संस्थापन र असन्तुष्ट समूहका दुई पक्षबीच नेविसंघको नयाँ समिती विस्तारको विषयलाई लिएर विवाद भएको हो ।
दुवै समूह एकै पटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर जान नदिन प्रहरी परिचालनसमेत गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई मनोनीत गरेपछि विवाद बढेको छ ।
नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए। उनीहरूले समानान्तर समिति गठन र विद्रोहसहिताका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया