Logo

Breaking News 1

प्रतिनिधिसभामा एमाले सांसदहरुले गरे नाराबाजी



काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।

तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : २६ बजे