काठमाडौं । देशैभर भारी वर्षाका कारण पहिरो र डुबान भएको छ । काठमाडौंमा रातभर परेको पानीले बाग्मती, बिष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू डुबानमा परेका छन् ।
सोमबार राति परेको अबिरल वर्षाका कारण काठमाडौंको सामाखुसीलगायतका क्षेत्र डुबानमा परेका छन् भने अन्य क्षेत्रमा पनि उतिकै प्रभाव परेको छ । मौसम बिज्ञान बिभागले दिउँसो १२ बजेसम्म अवस्था अझै भयाबह नै हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
उता, पहिरोको कारण मुग्लिङ नारायणगढ खण्ड अबरूद्द हुन पुगेको छ भने सिदार्थ राजमार्ग, मदन भण्डारी राजमार्गका बिभिन्न सडक खण्डमा पहिरो झरेका कारण सडक यातायात सञ्चालन अबरूद्द हुन पुगेको छ ।
प्रतिक्रिया