Logo

अर्थ

याम्बालिङ हाइड्रोपावरको साधारणसभा १३ भदौमा, आईपीओ जारी गर्ने मुख्य एजेन्डा



काठमाडौ । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्तावसहित १३ भदौमा साधारणसभा बोलाएको छ । आइतबार बसेको यस कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावअघि सारेको हो । सभा होटल हार्दिक, बागबजार, काठमाडौंमा बिहान साढे ८ बजेबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । कम्पनीको नियामावली बमोजिम संस्थापक समूहबाट ४ जना र स्वतन्त्रबाट १ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ५ : ०२ बजे