Logo

अर्थ

सेयर बजार ३८.३७ अंकले घट्याे



काठमाडौ । चालु साताकाे पहिलाे काराेबार  दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेकाे छ । बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हाे ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब  ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सूचीृकत कम्पनीहरुले नाफा बढाएको रिपोर्ट निकालेकै बेला बजार थप घट्दा आम लगानीकर्ता भने अन्योलमा परेका छन् ।

यस दिन २६५ कम्पनीको ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ४ : ०१ बजे