महोत्तरी । एकीकृत समाजवादी पाटीका सर्लाहीबाट झण्डै १५० जना भन्दा बढी नेकपा एमाले फर्किएका छन् । प्रदेशसभाका पूर्वसंसद डिल्ली उप्रेतीसहित ठूलो संख्यामा एमाले फर्किएका एमाले मधेश प्रदेशका प्रचारप्रसार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए ।
नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका डिल्ली उप्रेतीले व्यक्तिगत इगोलाइ लिएर विभाजित हुँदा गलत विषयले पश्रय पाएको र एसमा समेत गलत पवृत्ति बढेकाले आफ्नै घर फर्किएको बताए ।
नेकपा एमाले सर्लाहीले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा जिल्लास्तरिय नेतासमेत फर्किएका छन् । नेकपा एसवाट ११३ जना र वाकि माओवादी केन्द्र, काङ्ग्रेसबाट प्रवेश गरेका नेकपा एमालेले जनाएको छ ।
सचिव योगेश भट्टराईले एमाले फर्किएका उक्त नेकपा एस, माओवादी र काङ्ग्रेसका नेता, कार्यकर्ताहरुलाइ स्वागत गर्दै कम्युनिष्ट आन्दोलन अभियानमा जोडिएकोमा खुसी ब्यक्त गरे ।
देशैभरीबाट एमालेमा जोडिनेको संख्या ह्वात्तै बढेको वताउदै आज नै सिन्धुपाल्चोकवाट पनि १४७ जना भन्दा बढी नेताहरु फर्किएका सचिव भट्टराईले बताए ।
प्रतिक्रिया