Logo

मुख्य समाचार

पुटिनका कट्टर विरोधी नेतालाई थप १९ वर्ष जेल सजाय



मस्को । हाल जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई रुसी अदालतले थप जेल सजायँ तोकेको छ । हाल जेलमा रहेका बिपक्षी नेता नाभाल्नीलाई शुक्रबार थप १९ वर्षको जेल सजाय सुनाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई सजाय सुनाइएको यो तेस्रो मात्रै होइन, लामो जेल सजाय पनि हो । राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कट्टर आलोचक रहेका ४७ वर्षीय नाभाल्नी ठगी र अन्य कथित अपराधमा ११ वर्षभन्दा बढी जेल सजाय भोगिरहेका छन् ।

नाभाल्नीलाई चरमपन्थी संगठन स्थापना र त्यसका गतिविधिलाई आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : १७ बजे