Logo

Breaking News 1

माओवादी केन्द्रीय समिति बैठक : १ सय ४१ जनाले बोले, बाँकीले आज धारणा राख्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ । गत बुधबारदेखि सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफनो धारणा राखिसकेका छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ५२ बजे