Logo

मुख्य समाचार

भारतको गौरीकुण्डमा पहिरो जाँदा १७ नेपाली वेपत्ता


१९ श्रावण २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् ।

पहिरोमा परेर बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आएका थिए । उनको होटेलमा खाना खान गएका बेला पहिरोले होटेल बगाएको बताइएको छ ।

बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । उत्तराखण्डमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ५८ बजे