Logo

मुख्य समाचार

६ राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदित


१८ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । सरकारले नियुक्त गरेका ६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन् । दुई दिनसम्म चलेको संसदीय सुनुवाई समितिको छलफलपछि ६ राजदूतहरूलाई सर्वसम्मत अनुमोदित गरेको हो ।

अनुमोदित हुनेमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री रहेका छन् ।

यस्तै, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई रहेका छन्।


प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ६ : ०९ बजे