Logo

Breaking News 1

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने


१८ श्रावण २०८०, बिहिबार  

46
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजोदेखि काठमाडौंमा सुरु भएको बैठकमा १८ जनाले आ-आफ्नो धारणा राखेका थिए ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुने छन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ६ : ३५ बजे