काठमाडौं । रुसले युक्रेनको ओडेसा शहरको बन्दरगाह र अन्न भण्डारमा लक्षित गरेको ड्रोन आक्रमणका कारण अन्न भण्डार पुर्ण रुपमा क्षतिग्रस्त भएको हो ।
रुस र युक्रेनबीच युद्धका क्रममा सर्वसाधारणलाई खाद्यान्न अभाव हनु नदिन भण्डार गरिएको अन्न आक्रमणका कारण नष्ट भएको बताइएको छ । रुसको ड्रोन युक्रनेको बन्दरगाहतर्फ अघि बढिरहेको युक्रेनको वायुसेनाले पत्ता लगाएपछि सचेत रहन आग्रह गरेको थियो ।
यसअघि रुसको मिसाइल आक्रमणमा परी युक्रेनको विश्वविद्यालय र युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीको गृहनगरका केही भवन ध्वस्त भएका थिए ।
प्रतिक्रिया