Logo

ग्यालेरी

अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन (फोटोफिचर)



काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न दबाब दिँदै जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रर्दशन भएको छ ।

तामाङ समुदायसँग सम्बन्धित् विभिन्न संघ संस्थाले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति सृजना हुँदा केही घाइते भएका छन् ।

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : ५८ बजे