Logo

Breaking News 1

चितवनमा महिलाका लागि निःशुल्क बस सेवा सुरु भयाे : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् ।

बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरु बसेका थिए । बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ । सानो आकारको बसमा महिलाहरुले आफूले झर्ने ठाउँमा थिच्नका लागि स्विच राखिएको छ ।

त्यसअघि, उनले चितवन–२ मा सचिवालय उद्घाटन गरेका थिए । घडा राखेर सजाइएको पानसमा बत्ती बालेर सचिवालय उद्घाटन गरेपछि उनले निर्वाचनको समयमा ‘नेपालमै रोजगारीको अवसर छ’ भनेर रोकिएका आईटी विज्ञलाई प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’को परिचयपत्र लगाइदिएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ५२ बजे