Logo

मुख्य समाचार

साइबर अपराध मुद्दामा मलेसियाबाट एक नेपाली युवा पक्राउ


१६ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले मलेसियामा रहेका व्यक्तिलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको छ ।

साइबर अपराधमा संलग्न म्याग्दीको मंगला गाउँपालिका–५ सिर्कुम घर भएका प्रकाश जैसी भनिने प्रकाश विकलाई पक्राउ गरिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जनाएका छन् ।

फेसबूकमार्फत चिनजान भएकी युवतीसँगको भिडियो कलमा भएको अश्लील संवाद रेकर्ड गरी चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतमा पेश गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ५३ बजे