Logo

समाचार

लालबहादुरले पाए सफाई


१६ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौं । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको छ ।

मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले ठगी तथा बैंकिङ कसुरमा सुनसरी जिल्ला अदालतले आदेश बदर गरेको हो ।

सुनसरी जिल्ला अदालतले लालबहादुरलाई इजाजत नलिइ बैंकिङ तथा वित्तीय कारोबार गरेर सर्वसाधारणको रकम उठाएर ठगी गरेकोमा दोषी ठहर गर्दै ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगोसहित ठगी मुद्दामा ७० हजार जरिवाना र एक वर्ष ६ महिना कैद तोकेको थियो ।

न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलसले सुनसरी जिल्ला अदालतकी तत्कालिन न्यायाधीश निर्मला योङयाको २०७८ पुस १९ को आदेशलाई उल्टाउँदै लालबहादुरलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : २५ बजे