Logo

समाचार

रक्सी खाएर क्वाटरमै रमिता देखाउने डमरुप्रसादलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन



काठमाडौं । रक्सी खाएर कार्यालयमै एक महिलासँग अनैतिक क्रियाकलाप गर्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय डमरुप्रसाद निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयका अनुसार निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको हो ।

गत शनिबार सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले निरौलालाई मन्त्रालयमा हाजिर हुन पत्र काटेको हो ।

दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : १२ बजे