Logo

धर्म / संस्कृति

तपाईंकाे आजकाे राशिफल



आजको राशिफलः साउन १५ गते, साेमबार

मेष राशि

आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।

बृष राशि

आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धर्म, ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनुपर्छ ।

मिथुन राशि

कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कर्कट राशि

रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।

सिंह राशि

आजको दिन स्वास्थ्य प्रति सजग रहनु पर्छ, तर सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ ।

कन्या राशि

आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इस्टमित्रहरूसँग भेटघाट हुनेछ ।

तुला राशि

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

बृश्चिक राशि

आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।

धनु राशि

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर राशि

धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

कुम्भ राशि

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

मीन राशि

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ६ : ०८ बजे