Logo

समाचार

कञ्चनपुरमा एक घरमा आगलागी



कञ्चनपुर ।  कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–२ सत्याल फाँटामा नारायणदत्त भट्टको दुई तले टिनले छाएको ईट्टाको घरमा आईतवार दिउँसो विद्युत्को तार सर्ट हुदा आगलागी भएको हो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद दुई हजार रुपैयाँ गरेर अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ४६ बजे