Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४रूपैयाँ ०८ पैसा र बिक्री दर १४४ रूपैयाँ ७४ पैसामा काराेबार हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २९ पैसा र बिक्री दर १६९ रूपैयाँ ०६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७७ रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७२ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ २७ पैसा र बिक्रीदर  १० रूपैयाँ ३१ पैसा मुल्य तय गरिएकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१७ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९६ रुपैयाँ र कवेती दिनार १ को खरिदमूल्य ४२७.४९ पैसा  विक्रीदर ४२९.४४ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ५० बजे