Logo

Breaking News 1

महाकाली नदीमा आज जलसतह सतर्कता तह आसपासमा रहने



काठमाडौं । महाकाली नदीमा आज जलसतह सतर्कता तह आसपासमा रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ  । भारी वर्षाका कारण जलसतह सतर्कता तह आसपास पुगेको हाे ।

बाढी पूर्वानुमान महाशाखाका अनुासर, कमला नदीका स–साना सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ ।

विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आज केही नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : ४१ बजे