Logo

Breaking News 1

गाैतम सभामुखकाे पदमा बसिरहन मिल्दै‌न : महामन्त्री शर्मा


१२ श्रावण २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका छन् ।

सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले , ‘जब गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महशुस गर्छौ भने सभामुखले महशुस गर्नुपर्दैन? भनि प्रश्न गरे ।

सभामुखको पदमा अब बस्न हुँदैन भनेर गौतमको अन्तरआत्माले भन्नुपर्ने शर्मा बताउँछन् ।

सत्ता गठबन्धनबाट कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री बनाउँदा बहुमत संख्या पुर्‍याउनका लागि गौतमले हस्ताक्षर गरेका थिए । ‘अस्थिरता नहोस् भनि उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारबिहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्दछ,’ शर्माले भने ।

भूमिका परिवर्तन गरि सरकारविहिनतालाई गौतमले साथ दिनुपर्ने शर्माको तर्क छ ।

गौतमले सभामुखबाट राजीनामा गरेर हस्ताक्षर गरेपछि सत्ता गठबन्धनलाई बहुमतका लागि ४७ जना पुग्दछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बिना सत्ताघटकलाई बहुमत पुर्‍याउन गौतमलाई राजीनामा गराउनु मात्रै विकल्प छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ५ : ५५ बजे