Logo

समाचार

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना : दुई जनाको मृत्यु


१२ श्रावण २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । चन्द्रगिरि नगरपालिका–४ पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा बा.१० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेर चालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठाेकर तामाङ र काभ्रे  घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए।

गाडी के कारणले दुर्घटना भएकाे हाे भन्ने विषय खुलेकाे छैन। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएकाे छ। घटनास्थलमा पानीघाटमा रहेकाे सेनाकाे टाेली समेत पुगेकाे छ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : ५१ बजे