Logo

Breaking News 1

अमेरिकामा भेटियो ४८६ खुट्टा भएको अदभुत जीव


१२ श्रावण २०८०, शुक्रबार  

184
Shares

लस एन्जलस । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो पेन्सिल सिसा जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ। यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ। यो एक स्टार बक्स क्याफे नजिकै फेला पर्‍यो, जो यसको हर्न जस्तो एन्टेना प्रयोग गरी आफनो गतिबिधि गर्ने पत्ता लागेको थियो  ।

जब वैज्ञानिकहरूले माइक्रोस्कोप मार्फत हेरे, यो अद्वितीय जीवको आश्चर्यजनक भौतिक गुणहरू सामने आएका थिए । भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युटका जीव वैज्ञानिक पल मारेकले हलिउड चलचित्रको दानव जस्तो उक्त जीव देखिएको बताए। यो क्षेत्रलाई सोकैल नाम राखिएको छ ।

‘हाम्रो खुट्टामुनि, दरारहरूमा, चट्टानहरू मुनि वा लस एन्जलसमा माटोको थुप्रोमा यीनीहरु घुमिरहेका हुनेछन भनेर सोच्नु अचम्मको कुरा हो,’ उनले भने । भर्जिनिया पोलिटेक्निक बाहेक वेस्ट भर्जिनिया र क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरू पनि यस खोजमा संलग्न थिए। उनको शोधपत्र जुकीज जर्नलमा प्रकाशित भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ४६ बजे