Logo

मुख्य समाचार

बेसीसहर बजारका अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन


१२ श्रावण २०८०, शुक्रबार  

69
Shares

लमजुङ । बेसीशहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरु हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ । नगरपालिकाले अव्यवस्थित तारहरुले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मङ्गलबारका दिन देखि १५ दिनको म्याद दिएको हो ।

प्रमुख दलकाे सहभागितामामा बसेको बैठकले अव्यवस्थित तारहरु हटाउने निर्णय गरेको हो । बैठकमा भएको सोहि निर्णय अनुसार बेसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका विजुली तथा टलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरुलाई १५ दिन भित्र हटाउन सम्वन्धित सबैमा सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले जानकारी दिएका छन् ।

यस सूचना पश्चात अव्यबस्थित तारहरु व्यवथापनको कार्य शुरु हुने भएकोले यदी कोही कसैको विवरण नखुलेका तार तथा केवलहरु छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको हामी सबैको रहर सभ्य समृध्द बेसीसहर भन्ने नारा समेत रहेको छ ।

सदरमुकाम बेसीसहरमा अब्यबस्थित तारहरुको जालोहरु जताततै रहेको देखिन्छ । बेसीसहर सहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार ब्यबस्थापन एक चुनौतिका रुपमा रहेको पाईन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ४५ बजे