Logo

विश्व

फिलिपिन्समा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु


१२ श्रावण २०८०, शुक्रबार  

46
Shares

मनिला । फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ ।  राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ ।

बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए। उद्धार कार्य जारी छ। यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : २५ बजे