Logo

मुख्य समाचार

साइबेरियामा रुसी हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते


१२ श्रावण २०८०, शुक्रबार  

46
Shares

मस्को । रुसको साइबेरिया क्षेत्रमा बिहीबार एउटा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ ।

हेलिकप्टर निजी कम्पनीको थियो र पर्यटक बोकेको थियो । जहाजमा १२ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेको बताइएको छ तर आपतकालीन अवस्था मन्त्रालयले जहाजमा जम्मा १३ जना यात्रु रहेको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : १० बजे