काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रूपैयाँ जरिवाना तिरेका छन् ।
निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले थापासहित २ हजार ४ सयभन्दा बढी उम्मेदवारलाई जनही १५ हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो ।
आफूले खर्च विवरण गत मंसिर २४ गते नै जिल्ला निर्वाचन कार्यालयमा बुझाएको भएपनि आयोगलाई जानकारी दिनुपर्ने विषय थाहा नभएको भन्दै जरिवाना तिरेको थापाले बताएका छन् ।
प्रतिक्रिया