Logo

समाचार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


११ श्रावण २०८०, बिहिबार  

69
Shares

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुर्खेत विरेन्द्रनगर नगरपालिका-७ घर भएका २२ वर्षीय मोहन भण्डारीलाई  प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात मितिदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं बानेश्वरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ६ : ०८ बजे