काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न पाँच नेतालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई मस्यौदा लेख्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।
साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको अन्तिम दिन बुधबार सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएर सकिदैछ । मस्यौदा तयार पार्ने जिम्मेवारी पाएका नेताहरूबीच बुधबार बिहान ११ बजे पार्टी कार्यालय सानेपा बैठक बस्ने एक पदाधिकारीले जानकारी दिए ।
प्रतिक्रिया