काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार भएको भन्दै ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाल छन् । उनीहरु बाबु छोरा रहेको समेत बताइएको छ ।
आइतबार काठमाडौंको कोटेश्वरबाट पक्राउ उनीहरुले प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा दलका प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने आश्वासन दिएर कागजातमा सहीछाप गराएर व्यक्तिहरुबाट ४५ लाख रकम ठगी गरेर फरार भएको प्रहरीले दाबी गरेको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय दमक पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया