काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको थोरै स्थानहरूमा साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक र दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया