काठमाडौं । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ।
विभागले बिहीबार साँझ कोटेश्वरबाट कृष्ण श्रेष्ठलाई पक्राउ गरेको हो । यसअघि कोटेश्वरबाटै ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र राजन श्रेष्ठलाई समेत विभागले पक्राउ गरेको थियो।
बिहीबार दिउँसो मात्रै त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवान समेत पक्राउ परेका थिए । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब एक क्वीन्टल सुन आएको रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल पनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्य व्यक्तिहरुमा दोलखा मेलुङ गाउँपालिका– ३ का रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका– ४ का दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ का हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक थाप्तेन छिरिङलाई समेत पक्राउ गरेको थियो ।
त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका ६ जनालाई भने अदालतले १० दिन हिरासतमा राख्न विभागलाई अनुमति दिएको छ ।
प्रतिक्रिया