काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५औं स्थानमा छ ।
नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अघि रहेको भारत ९९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा छ। नेपालपछि भुटान १८५औं, बङ्गलादेश १८९औं, पाकिस्तान २०१औं र श्रीलङ्का २०४औं स्थानमा छ ।
विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ। यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन्। क्रोएसिया छैटौं, नेदरल्यान्ड्स सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दशौं स्थानमा छन्।
प्रतिक्रिया