Logo

मुख्य समाचार

धुलिखेलबाट काठमाडौं गरेको यात्रुबस दुर्घटना, सात घाइतेको उद्धार



काठमाडौं । धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस भक्तपुरको साँगामा दुर्घटना भएको छ । बा३ख ९३९६ नम्बरको यात्रुवाहक बस साँगाको महादेव मन्दिर जाने साँगा पुलनजिकैको भीरबाट खसेको प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको जनाएको छ। अहिलेसम्म सात जना घाइतेको उद्धार गरेर अस्पताल पठाइएको छ। प्रहरीका अनुसार चार जना घाइतेको इबमुरा अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरीले जनाएको छ। बसमा ३०-३५ जना सवार रहेको स्थानीयको भनाइ छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ५ : ४१ बजे