काठमाडौं । सरकारले गत आर्थिक वर्षको लक्ष्यअनुसार बजेट खर्च गर्न असफल भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको अन्तिम दिनसम्म सरकारको कुल बजेट खर्च १४ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ भएको छ । अर्थ मन्त्रालयले तेस्रो पटक चालू आर्थिक वर्षको बजेटमार्फत बजेट संशोधन गर्दै सो वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरेको थियो ।
कुल बजेट खर्च विनियोजनको तुलनामा ७९ दशमलव ६९ प्रतिशत रहेको कार्यालयकोे रेकर्ड छ । सरकारले लक्ष्यअनुसार राजश्व समेत परिचालन गर्न सकेन । राजस्व संकलन २ खर्ब २२ खर्ब रुपैयाँ कम हुने भएको छ । असार मसान्तसम्म सरकारले ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व उठाउन सकेको छ ।
विकास बजेट समेत लक्ष्यअनुसार खर्च हुन सकेन । ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत बजेट खर्च गर्ने लक्ष्य राखेको सरकारले आर्थिक वर्षको अन्तिम दिनसम्ममा २ खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँ मात्र पूँजीगत खर्च गर्न सकेको । यो कुल विनियोजनको ६१ दशमलव ४४ प्रतिशत मात्र हो ।
प्रतिक्रिया