काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
उनलाई ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा फेरि पक्राउ गरिएको हो । यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेको इजलाशले तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
काठमाडौँ–३० असनका तुलाधर धरौटी बुझाउनासाथ पुनः पक्राउ परेका हुन् ।
प्रतिक्रिया