Logo

Breaking News 1

जयनगर– जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट थप १७ किमी बढी रेल कुद्ने



जनकपुर । नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफनो क्षेत्र  विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको उक्त रेल सेवाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन् ।

आइतबार बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री ज्वाला आज आई पुग्दैछन् ।

यसअघि  जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो भने आजवाट थप १७ किलोमिटर थप भएपछि अब  ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ५७ बजे