काठमाडौं । तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । आठराई गाउँपालिका–२ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
प्रहरीका अनुसार ८४ वर्षीया जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएका छन् ।
घाइतेमध्ये गणेश इस्वो र राजेश थलङको जिल्ला अस्पताल पाँचथर फिदिम तथा राजेश र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजारमा उपचार भइरहेको छ ।
प्रतिक्रिया