प्रिस्टिना । युरोपेली देश कोसोभोको संसदमा भएको भीषण झडप अझै शान्त भएको छैन । वास्तवमा, विपक्षी सांसदले प्रधानमन्त्री अल्बिन कुर्तीलाई देशको उत्तरमा जातीय सर्बहरूसँग तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दा पानी फ्याँके पछि सुरु भएको राजनीतिक तनाव अझै कायमै छ । यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कोसोभोको डेमोक्र्याटिक पार्टीका सांसद मार्गिम लुष्टाकुले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको मुखमा पानी फयाके पछि संसदमा सो झडप भएको थियो । यसपछि विवाद सुरु भयो र सांसदहरु एक आपसमा झडप उत्रिन पुगेका थिए । सो क्रममा एकअर्कालाई आक्रमण गर्न थाले र थप झडप सुरु हुन पुगेको थियो । रोयटर्सका अनुसार सो झडप सुरु भए पछि प्रधानमन्त्री कुर्तीलाई सभाबाट बाहिर निकालिएको थियो ।
प्रधानमन्त्री अल्बिन कुर्तीले उत्तरी कोसोभोमा कडा कानुन र व्यवस्था लागू गरिरहेको बताएका छन्। यस अवधिमा प्रहरी र नयाँ अल्बेनियाई मेयरहरू पनि तैनाथ गरिएको छ। कोसोभोका विपक्षी दलहरूले उत्तरमा कुर्तीको नीतिको आलोचना गरेका छन्। यसले प्रमुख पश्चिमी सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।
प्रहरीको समर्थनमा अल्बेनियाली मेयरको चुनाव पछि मे महिनामा यहाँ हिंसात्मक झडप भएको थियो। सर्बियालीहरूले यी चुनावको विरोध गर्दैै आएका थिए । स्थानीय सर्ब र कोसोभो प्रहरीले नेटो नेतृत्वको शान्ति सेनासँग झडपसमेत परेको थियो । सो क्रममा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । यसले १९९८–९९ जस्तो द्वन्द्वको डर पैदा गर्यो, जसमा १० हजार भन्दा बढी मानिसहरू मारिएको घटनालाई स्मरण गराएका छन् ।
गत बुधवार कुर्तीले उत्तरी कोसोभोको जातीय सर्ब बहुल क्षेत्रहरूमा चार नगरपालिका भवनहरू बाहिर तैनाथ विशेष पुलिस अधिकारीहरूको संख्या घटाउने र प्रत्येक शहरमा नयाँ मेयरहरूको लागि चुनाव गर्ने घोषणा गरेका थिए । जसअनुसार नगरपालिका भवनबाट कैयौं विशेष प्रहरीलाई फिर्ता बोलाइएको छ । उनको यो कदमले विपक्षीलाई आक्रोशित बनाएको छ । विपक्षीहरूले तर्क गरेका छन कि कुर्तीले महिनौंसम्म प्रयोग गरेको र कोसोभोको अन्तर्राष्ट्रिय हैसियतलाई धम्की दिएको र जसकाकारण पछि हट्नु पर्यो ।
प्रतिक्रिया