काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा विनियोजन विद्येयक २०८० पारित हुँदै छ ।
जसअनुसार आजको बैठकमा विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।
त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त बिनियोजन बिद्येयक २०८० लार्य पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।
प्रतिक्रिया