काठमाडौं । मनाङ एयरको सम्पर्कविहिन भएको हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको हो । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरापास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
प्रहरीले उद्धारको काम गरिरहेको र अहिलेसम्म ५ वटा शव भेटिएको बताइएको छ । दुर्घटनास्थलमा अल्टिच्यूड एयरको अर्को हेलिकप्टर अवतरण गरेको छ ।
हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकोप्टरमा चढेका थिए । हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए ।
प्रतिक्रिया