Logo

Breaking News 1

सम्पर्कविहिन भएको हेलिकप्टर खोज्न अर्को हेलिकप्टर पठाइदै



काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर उडेको ८ मिनेटमै सम्पर्कविहीन भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए ।

हेलिकप्टर खोजीकार्य शुरु भएको छ । त्यसका लागि अल्टिच्युड एयरको अर्को हेलिकप्टर पठाउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ११ : ५३ बजे